You are viewing the translated version of वित्तीय हस्तान्तरणको रकम फिर्ता गर्ने.

Rule 45
वित्तीय हस्तान्तरणको रकम फिर्ता गर्ने
(१) सङ्घीय सञ्चित कोषबाट प्रदेश तथा स्थानीय तहमा भएको वित्तीय हस्तान्तरणको रकममध्ये सम्बन्धित आर्थिक वर्षभित्र खर्च नभई जुनसुकै खातामा बाँकी रहेको सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानको रकम सोही आर्थिक वर्षभित्र सम्बन्धित प्रदेश तथा स्थानीय तहले सङ्घीय सञ्चित कोषमा फिर्ता गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम कुनै कारणवश सोही आर्थिक वर्षभित्र रकम फिर्ता गर्न नसकेमा आर्थिक वर्ष समास भएको एक महिनाभित्र फिर्ता गरिसक्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र समेत रकम फिर्ता हुन नआएमा फिर्ता हुन नआए बराबरको रकम अर्थ मन्त्रालयले प्रचलित सङ्घीय कानून बमोजिम सम्बन्धित प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने समानीकरण अनुदान वा राजस्व बाँडफाँटको रकमबाट कट्टा गर्नेछ।